काठमाडौं, वैशाख १९ । वैदेशिक रोजगारीमा जान प्रतिबन्धित मुलुक इराक जानका लागि टिकट काटिदिएको आरोपमा पक्राउ परेका काठमाडौंको ओसो वल्र्ड ट्राभल्सका निर्देशक श्यामराज थपलियाको रिहाई माग गर्दै पर्यटन व्यवसायीहरुले आज महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा धर्ना दिएका छन् ।
गत मार्च २६ गते इराक जानका लागि उक्त ट्राभलले ४ महिलाको टिकट काटिदिएको बताइएको छ । ती महिलाहरु विमानस्थलबाट पक्राउ परेपछि घटना सार्वजनिक भएको थियो ।
तर, धर्नाकारी पर्यटन व्यावसायीले भने ओसो ट्राभलका कर्मचारी विक्रम श्रेष्ठले इराक जाने टिक उपलब्ध गराएको र निर्देशक थपलिया त्यसमा संलग्न नरहेको जिकिर गरेका छन् ।
प्रहरीले निर्देशक थपलियालाई पक्राउ गरी सोधपुछ गरी छाडेको तर पछि अनुसन्धानका क्रममा विक्रमले निर्देशक थपलियाकै अनुमतिमा टिकट काटेको बयान दिएपछि थपलियालाई पुनः पक्राउ गरिएको बताइएको छ । थपलिया एक हप्तादेखि थुनामा रहेका छन् ।