बर्ड फ्‍लु छैन तर कुखुराहरु धमाधम मर्दै छ

रौतहट,  किसानले पालेको ब्रोईलर कुखुरा पोल्टिझफर्ममानै मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।

रौतहटको चन्द्रनिगाहपुर, जुडिबेला र डुमरिया गाबिसका किसानहरूले पालेको ब्रोईलर कुखुरा फर्ममानै दैनिक २० देखि ३० वटा मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन। तयारी अबस्थाका कुखुरा मर्न थालेपछि लगानीनै डुब्ने हो की भन्ने चिन्तामा किसानहरू परेका छन। चन्द्रनिगाहपुरका कुखुरा ब्यबसायी रामकृष्ण बन्जाराले भने आफनो फर्ममा दैनिक २० देखि ३० वटा कुखुरा मरेपछि नष्ट गर्नु परेको छ। १ हजार कुखुराको चल्ला पालेका उनले तयारी अबस्थामा ५ सय मात्र कुखुरा भएपछि लगानीनै डुब्नेमा उनी चिन्तित रहेका छन। चर्को गर्मीले कुखुरा मरेको रौतहट कुखुरा उत्पादक संघका अध्यक्ष बिनोद पाण्डेले भने यो कुनै बर्डफुलु संक्रमणका कारण कुखुरा मरेको होईन। कुखुरा मर्न थालेपछि केही ब्यबसायीले भने धमाधम कुखुरा बिक्री गरेर फर्म रिताउन थालेका छन। मंगलबार मात्रै ( अस्वस्थकर ) मरेको कुखुरा मासुको रूपमा बिक्री गर्दै आएका चन्द्रनिगाहपुरका रौनियार टझेडस एबम राज फ्रेस हाउसका संचालक युगल किसोर साह लाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ। 
बर्डफुलुको हल्ला संगै रौतहटका शहरी क्षेत्रमा खुलेयाम अस्वस्थकर मासुको बिक्रि हुदै आएको छ। किसानहरूले पालेको कुखुराको फर्ममै कुखुराको निरोगिता जाँच हुनु पर्ने माग उपभोक्ता हित संरक्षण मंन्चका रौतहटका सचिब टिका घिमिरले गर्नु भएको छ। भेटेरिनियरहरूले तयारी भएको कुखुरा निकासी गर्ने क्रममा मात्रै परिक्षण गरेको प्रमाण पत्र दिने गरेको पाइएको छ। यस्को सम्बन्धित निकायका भेटेरिनियरहरूे समय समयमा चेकजाँच गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्ने माग उपभोक्ता हित संरक्षण मंन्चका रौतहटका सचिब घिमिरलेको रहेको छ।

SHARE THIS

Author:

Facebook Comment