घोडाबाट लडेर राष्ट्रपति घाइते


काठमाडौं, वैशाख १९ । तुर्कमेनिस्तानका राष्ट्रपति बर्डीमुखामेडोभ आफनै राष्ट्रमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा सहभागी भएका छन् । सामान्य राशीको पुरस्कारको सो प्रतियोगितामा राष्ट्रपति बर्डीमुखामेडोभले भाग लिएको सूचना पाएपछि प्रतियोगीता अवलोकनका लागि तुर्कमेनिस्तानका सर्वसाधारण लगाएत पर्यटकहरु पनि खेलमैदान पुगेका थिए ।

तर, बिडम्बना प्रतियोगिता अवधिभर अग्रस्थानमा रहेका राष्ट्रपति बर्डीमुखामेडोभ दौड सकिन केही समयमात्र बाँकी छँदा लडेर घाइते भए । घाइते भए लगत्तै अस्पताल पुराईएका राष्ट्रपतिले आफू लडेको दृश्य सार्वजनिक नगर्न सबै टेलिभिजन च्यानलहरुलाई आग्रह समेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपी सबै टेलिभिजन च्यानलहरुले राष्ट्रपति लडेको दृश्य भने सार्वजनकि गरेका छन् । घोडा दौड प्रतियोगिताका लागि मात्रै राष्ट्रपतिले एक सातासम्म अभ्यास गरेका थिए । हाल उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

SHARE THIS

Author:

Facebook Comment