काठमाडौं, वैशाख १९ । संविधानसभा निर्वाचनको प्रक्रियाप्रति असहमति जनाउदै आएको मधेशी जनाधिकार फोरम नेपालले आज दल दर्ता गरेको छ । निर्वाचन आयोगले दल दर्ता गर्न सबैलाई आग्रह गरेपछि प्रक्रिया पुरा गर्नमात्रै भएपनि आफुहरु आयोगमा आएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
उनले दल दर्ताले चुनाव हुन्छ भन्नु भ्रम भएको बताउदै बिगतमा गरिएका सहमति र सम्झौताको कार्यान्वयन नभएसम्म गरिने चुनाबको कुनै औचित्य नभएको यादवको भनाइ छ ।
उनले आफु चुनावको विरो
धी नभएको स्पष्ट पार्दे चुनावी प्रकृया प्रति असहमति जनाएको बताए । चारदलले सविधानसभा चुनावको बहानामा अन्य कुनै षडयन्त्र गरिरहेको आरोप लगाउँदै मंसिरमा चुनाव हुन नसक्ने उनको ठोकुवा थियो । दल दर्ताका लागि गएको उपेन्द्र यादव समुहले १४ नम्बरमा आफनो पार्टीलाई दर्ता गरेको छ ।