नवलपरासी, वैशाख १९ । दाहसंस्कारका लागि शव लिएर नवलपरासीको त्रिवेणी जादै गरेको ट्याक्टर त्रिवेणीको रानीनगरमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा २२ जना घाईते भएका छन् । घाईते मध्ये ९ जनाको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।
भारतको महाराजगञ्ज जिल्ला स्थित ठुठिबारीको राजाबारीवाट शव लिएर त्रिवेणी जादैे गरेको लु १ त ११५९ नम्बरको ट्यक्टर त्रिवेणी स्थित रानिनगरमा रहेको भारतीय पश्चिम गण्डक नहरमा खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा पर्ने सबै भारतको महाराजगञ्ज ठुठिबारी गाउं पञ्चायतका हुन् । मृत्यु हुनेमा निशार महम्मद, सुर्यनारायण सुनार, देवान मुस्लिम र एक जनको नाम नखुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका १२ जनाको चौपाता स्थित शहिद स्मृती अस्पतालमा उपचार भईरहेको र गंभिर घाईतेहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको छ । एकवर्ष अगाडि सोहि नहरमा तिर्थालु बोकेको बस दुर्घटना हुदा तिन जना नेपाली नागरिक र भारतिय नागरिक गरि ३४ जनाको ज्यान गएको थियो ।