करणी गर्नेलाई आठ वर्ष जेल




बाराकी एक दलित बालिकालाई जर्बजस्ती गरेको अभियोगमा जिल्ला अदालतले निजगढ ३ निवासी ४५ वर्षिय मुरली थापालाई आठ वर्ष कैद र पिडित बालिकालाई क्षतीपूर्ती दिनु पर्ने फैसला गरेको छ । जिल्ला न्यायाधिश अच्युत प्रसाद भण्डारीको ईजलाशले थापालाई आठ वर्ष कैद सजाय तोक्नुको साथै पिडित बालिकालाई २५ हजार रुपैयाँ नगद क्षतीपूर्ती दिनु पर्ने ठहर गर्दै फैसला गरेको हो । थापाले २०६५ फागुन १२ गते स्थानिय १० वर्षिया एक बालिकालाई ललाई फकाई गाउ नजिकैको मकै बारीमा लगी जर्बजस्ती करणी गरेको जनाइएको छ ।

SHARE THIS

Author:

Facebook Comment