टेम्पोको ठक्करबाट भारतीयको मृत्य

वीरगंज, १८ बैशाख
टेम्पोको ठक्करबाट आज वीरगंजमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार पश्चिम चम्पारण गवनाहा ठाना ग्राम भितिहरवाका रविन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ । रिक्सामा सवार चौधरीलाई ना १ ह ८७० नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पो जिल्ला प्रहरी कर्यालयको नियन्त्रणमा राखिएको छ ।

SHARE THIS

Author:

Facebook Comment