कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णयविरुद्ध रिट


काठमाडौं, बैशाख २३ - लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुशन्धान आयोगको प्रमुख आयुक्त बनाउने सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले सिफारिस बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा सोमवार रिट दायर गर्नुभएको हो ।
कार्कीले जनआन्दोलनका बेला सञ्चार माध्यममा बन्देज लगाएको, जनआन्दोलनमा नलाग्न कर्मचारीलाई धम्की दिएको र प्रतिकार गर्न निर्देशन दिएको अर्यालले रिटमा जिकिर गर्नुभएको छ ।
संवैधानिक परिषदको आइतवार बसेको बैठकले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतले पूर्व मुख्य सचिव कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नगर्न बैशाख ९ गते अन्तरिम आदेश दिएको भएपनि १६ गते त्यो आदेशलाई खारेज गर्दै संवैधानिक परिषदलाई नियुक्तीको सिफारिसका लागि बाटो खुला गरिदिएको थियो ।

SHARE THIS

Author:

Facebook Comment