२३ बैशाख,पुर्ब पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर बागमती सडक खण्डमा बस दुर्घटना हुदा एक दर्जन बढी यात्रु घाईते भएकाछन् । जनकपुरबाट वीरगंज जान लागेको ना ३ ख २९३३ नम्बरको बस जुडिबेला गाबिसको
लच्का नजिकै अहिले केही बेर अगाडी दुर्घटना भएको हो । दुर्घटनामापरी रामेछापको माकादुम गाबिस घर भएका बसका सह चालक गणेश खत्रि गम्भिर घाईते भएकाछन् । उनको चन्द्रनिगाहपुर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंज पठाइएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । सह चालक खत्रिको दुबै खुट्टा काटिएको छ । बसमा रहेका मतिजना यात्रु घाइते भए भन्ने बारेमा एकिन तथ्याङक आउन नसकेको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले रौतहट न्युज डटकमलाई जानकारी दिएको छ । समान्य घाईतेहरुको चनद्रनिगाहपुरमा रहेको सरकारी तथा निजी अस्पतालहरुमा उपचार भईरहेको छ ।