पूर्व भारतीय राजदुत नेपालमा


काठमाडौं, २३ वैशाख नेपालका लागि पूर्व भारतीय राजदुत विमल प्रसाद नेपाल आउनुभएको छ। दिउँसो साँढे १२ वजेको इण्डिगो एयरबाट विमल प्रसाद नेपाल आउनुभएको हो। नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादका पिता विमलप्रसादको नेपाल भ्रमण नेपालमा तीव्र रुपमा भइरहेको राजनीतिक उतारचढावको वेलामा भएको छ।
भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरका पालामा सन् १९९१ देखि १९९५ सम्म विमल प्रसाद नेपालमा राजदुतको भुमिकामा रहनुभएको थियो। त्यसपछिका प्रधानमन्त्री पिवी नरिसंह राव र नेपालका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा उहाँ नेपालको लागि राजदुत हुनुहुन्थ्यो। छोराको कार्यकालमा उहाँ आफूले काम गरिसकेको देशको भ्रमणमा आउनुभएको छ। यो भ्रमणलाई नेपाली राजनीतिमा भने अर्थपूर्ण रुपमा लिइएको छ।

SHARE THIS

Author:

Facebook Comment