धनकुटा/ धनकुटा जिल्लाको आँखिसल्ला गाउँ विकास समितिमा एक बालकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
आँखिसल्ला गाविस वडा नं. ५ एवाई टोलका १२ वर्षीय बालक मनकुमार राईको सोही स्थानका छिमेकी २१ वर्षीय रामकुमार राई (फिच्चुके) ले खुकुरी प्रहार गरी हत्या गरेका हुन्। बुधबार साँझ ६ः३० बजेतिर पानी भरेर धाराबाट घर फर्कंदै गर्दा रामकुमारले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते बालकको उपचारका लागि धरान लैजाने क्रममा बाटोमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले बताउनुभयो। बालकको टाउको र दाहिने गालामा गम्भीर चोट लागेको छ।
सो घटनापश्चात् फरार रहेका रामकुमारलाई बिहीबार बिहान धनकुटाको मूलघाटबाट पक्राउ गरी जिल्ला प्रहरी ल्याइएको छ। उनलाई बिहीबारै उनकी आमा ३४ वर्षीया धनकुमारी राईले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा दोषीविरुद्ध कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दायर गरिएको एसपी उपाध्यायले बताउनुभयो। बालकको जिल्ला अस्पताल धनकुटामा पोस्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको छ। बालकको हत्या जग्गाको सिमानाको विषयलाई लिएर रिसइबीका कारण गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।