न्युयोर्क, (एजेन्सी) अमेरिकाको संघीय कानुनविद्हरूले विश्वभर संगठित अपराधी समूहले प्रि–पेड डेविट कार्ड्स ह्याकिङ गरी केही घण्टाभित्रै विश्वका विभिन्न स्थानमा रहेका एटीएमबाट ४ करोड ५० लाख अमेरिकी डलर चोरेको बिहीबार जनाएको छ। तिनीहरूले यस घटनाका लागि पुरानो अमेरिकी कार्ड प्रविधि केही हदसम्म जिम्मेवार रहेको बताएका छन्।
यस्तो चोरीलाई लिएर अमेरिकामा सात व्यक्तिलाई गिरफ्तार गरिएको छ। अनुसन्धानकर्ताहरूले मध्य पूर्वस्थित बैंकहरूबाट आवश्यक सूचना संकलन लिएर नक्कली म्याग्नेटिक स्वाइप कार्ड प्रयोग गरी एटीएमबाट हजारौं चोरीको घटना भएको दाबी गरेका छन्।
यस्ता चोरहरू विश्वमा तीव्रगतिमा फैलिरहेको तथा न्युयोर्कमा पनि एउटा घटना भेटिएको बु्रकलिनका न्यायाधीश लोरेट्टा लिन्चले बताएकी छिन्। लिन्चले यसलाई ‘२१औं शताब्दिको बृहत् बैंक चोरी’को संज्ञा दिएकी छिन्। एक जना चोरलाई आफ्नो ब्याकप्याक भरी पैसा बोकेर गइरहेको बेला सर्भेल्लन्स क्यामेराको सहयोगमा पक्राउ गरिएको थियो। अन्य चोरहरूले म्यानहाट्टनमा आवतजावत गर्ने क्रममा पैसाको बिटोसँगै तस्वीर खिचाएका थिए।
ह्याकरहरू बैंकका डाटावेसमा पुगेर प्रि–पेड डेविट कार्ड्सको पैसा झिक्ने सिमांकन हटाउँछन् र आएक्सेस कोडहरू बनाउँछन्। त्यस डाटालाई म्याग्नेटिक स्ट्रिप भएको कुनै पुरानो होटेल कि कार्ड वा म्याद नाघेको क्रेडिट कार्डमा लोड गर्छन्। त्यसपछि ती अपराधीहरूले फटाफट
विभिन्न शहरका एटीएमबाट पैसा निकाल्छन्। चोरहरूले कुनै व्यक्ति विशेष वा कार्यालयको नभई प्रिपेड कार्डहरूका लागि छुट्याएको पैसा निकाल्ने गरिएको बुझिएको छ।
गत डिसेम्बरमा पहिलोचोटी विश्वभरबाट ५० लाख डलर चोरी भएको थियो। त्यसपछि गत फेबु्रअरीमा केवल १० घन्टाभित्र करिब ३६ हजार पटकमा ४ करोड डलर एटीएमबाट निकालिएको थियो। अनुसन्धनाकर्ताहरूले संयुक्त अरब इमिरेटसको राक बैंक र ओमानको बैंक अफ मस्कटबाट तिनीहरूले डाटा ह्याकिङ गरेको बताएका छन्।
तिनीहरूले जापान, रसिया, रोमानिया, इजिप्ट, कोलम्बिया, ब्रिटेन, श्रीलंका, क्यानडा र अन्य थुप्रै मुलुकहरूबाट एटीएमबाट पैसा झिकेका थिए। यस सम्बन्धी अनुसन्धानमा एक दर्जनभन्दा बढी राष्ट्रका सुरक्षा निकाय क्रियाशील रहेको अमेरिकाले जनाएको छ।
अमेरिकामा रिंग लिडरको भूमिका निभाइरहेका अल्वर्टो युसी लाजुद–पेनालाई गत महिनाको उत्तरार्धमा डोमिनिकन रिपब्लिकमा हत्या गरिएको बताइएको छ। बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा पेनालगायत न्युयोर्कका अन्य सात जना व्यक्तिले एक दिनभन्दा कम समयमा २८ लाख डलर निकालेको बताइएको छ। पेनालाई १ लाख डलर भरिएको सुटकेससहित मृत अवस्थामा फेला पारिएको थियो।