पाकिस्तानी नेता बेनजीर भुट्टोको हत्या प्रकरण बारे अध्ययन गरिरहेका वकिल चौधरी जुल्फिकर लाई गोली हानि हत्या गरिएको जनाएको छ । ऊनि भुट्टोको पक्षमा वकालत गरिरहेका थिए । घटनामा अलिका अंगरक्षक घाईते भएका छन् भने अलिको गाडीको ठक्करबाट एक जना पैदलयात्री महिलाको ज्यान गएको छ । भूट्टो मुद्दामा सुनुवाईका लागि रावलपिन्डीमा रहेको आतंकवाद विरोधी अदालतमा जाँदै गरेका बेला उहाँमाथि आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ । पाकिस्तानी तालिवानी र इस्लामिक समूहलाई पाकिस्तानी सेनाभित्रैबाट सहयोग प्राप्त हुने गरेको बताइन्छ । पाकिस्तानी सुरक्षाकर्मीप्रति भुट्टोको चरम अविश्वास थियो । ठीक छ बर्ष पहिले भुट्टो लाई एक कार्यक्रममा गोली प्रहार गरी हत्या गरिएको थियो । उनको हत्यापछि रावलपिन्डी र ईस्लामावाद उच्च अदालत बार एशोशिएसनमा आवद्ध अधिक्ताहरुले हड्तालको घोषणा गरेका छन् ।