सोलुखुम्बु जिल्लामा बर्षेनी आत्महत्याका घटनामा बृद्धि

सोलुखुम्बु जिल्लामा विगत केहि बर्षमा आत्महत्या गर्नेको सङख्यामा बृद्धि हुंदै गएको तथ्याङकले देखाएको छ । विकट जिल्लाका रुपमा रहेको सोलुखुम्बुमा बर्षेनी विभिनन कारणले आत्महत्या गर्नेको सङख्यामा बृद्धि भएको पाईएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको तथ्याङकका आधारमा आर्थिक बर्ष ०६६ , ०६७ देखिको हाल सम्मको तथ्याङक हेर्दा सो कुराथाहा हुन आउको हो । तथ्याङक अनुसार आर्थिक बर्ष ०६६ , ०६७ मा आत्महत्या गर्नेको सङख्या २४ जना रहेको पाईएको छ । जसमा झुण्डिएर आत्महत्या गर्ने १९ , विष सेवन गर्ने ३ जना र हाम फालेर २ जनाले आत्महत्या गरेका छन । त्यस्तै ०६७,६८ मा यो सङख्या बढेर ३० जनाले आत्महत्या गरेका छन , जसमा झुण्डिएर २८ र हाम फालेर २ जनाले आत्महत्या गरेका थिए । यता आर्थिक वर्ष ०६८,०६९ मा यो सङख्या बढेर ३४ जना पुगेको थियो । जसमा झुण्डिएर मर्ने २९ जना , विष सेवन गरेका ३ जना र हाम फालेर मर्ने २ जना रहेका थिए । यो सङख्यामा बृद्धि भएर आर्थिक वर्ष ०६९,७० को चैत्र मसान्त सम्ममा मात्र ३२ जनाले आत्महत्या गरिसकेका छन । जसमा ३० जना झुण्डिएर , १ जना विष सेवन र अर्का एक हाम फालेर आत्महत्या गरेको पाइएको छ । बर्षेनी आत्महत्याको सङख्यामा बृद्धि हुनुले सरोकारवालाहरुमा चिन्ता थपिएको छ । प्रहरीका अनुसार यसरी आत्महत्याका घटना हुनुमा बढि जसो गरिवी , घरायसी ब्यबहार चलाउन नसक्नु , बढ्दो दिक्दारी , बेरोजगारी , न्युन आय श्रोत , आवेग जस्ता कारण रहेको बताएको छ । आत्महत्या गर्नेमा पनि बढिजसो २५ देखि ५० बर्ष उमेरका युवा पुस्ता रहेको प्रहरी तथ्याङकले देखाएको छ । यसरी बर्षेनी आत्महत्याका घटनाहरु बढ्नुले गर्दा समाजमा नकारात्मक प्रभाव परेको समेत पाइएको  छ ।

SHARE THIS

Author:

Facebook Comment