आगलागी, १ सय १५ घर जलेर नष्ट

            
आगलागीबाट २ सय १६ जना प्रभावित भएका छन् । मानवीय क्षति नभए पनि मोटरसाईकल, साईकल, तीन चौपाया जलेका छन् । यसबाट करिब डेढ करोड वरावरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ । 
राजविराज, विराटनगर र लहानको दमकल राजविराजस्थित कृष्ण दल गणको नेपाली सेना, वरमझियाको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत मिटर सर्ट भई आगो लागेको हो । गाउँमा अत्याधिक रुपमा हुकिङ्गको प्रयोग गरी विद्युत चोरी गरेको पाइएकाले कतै सोहि कारणले आगलागि भएको हो कि भन्ने आशंका प्रहरीले गरेको छ ।
सप्तरीको जोगिनिया वडा नम्बर ६ र ७ मा आज विहान आगलागी हुँदा ३९ परिवारका १ सय १५ घर जलेर नष्ट भएको छन् । स्थानीय ज्वाला वनवरीया र धर्मनारायण वनवरियाको सगोल घरबाट विद्युत सर्ट भई विहान करिब २ बजे लागेको आगो पाँच बजेमात्र नियन्त्रणमा आएको हो ।

SHARE THIS

Author:

Facebook Comment