यस वर्ष अदुवाको मुल्यमा बृद्धि भएपछि धादिङका अदुवा किसान हर्षित छन् । गत वर्ष अदुवाको भाउ घटेर निराश बनेका कृषक यस वर्षमा अदुवाले राम्रो बजार मुल्य पाएपछि दंग बनेका हुन् । अदुवा विक्रीका लागि धादिङको धार्के बजार यतिबेला किसान र व्यापारीले खचाखच भरिएको छ ।
अघिल्लो वर्ष १० देखि १६ रुपैयाँ विक्री भएको अदुवा यस वर्ष प्रति किलो ९० देखि १०० रुपैयाँसम्म विक्री भईरहेको किसानहरुले बताएका छन् । भारतीय बजारमा अदुवाको मुल्य बढेपछि नेपालमा पनि अदुवाको मुल्य बढेको हो ।
धादिङ जिल्लाबाट अघिल्लो वर्ष २१० हेक्टरमा ३२५ मेक्ट्रिक टन अदुवा उत्पादन भई बिक्री हुँदा करिव ४ करोड आम्दानी भएको थियो । यस वर्ष ३०५ हेक्टरमा ४०७ मेक्ट्रिक टन उत्पादन हुने र करिव ३०० मेक्ट्रिक टन विक्री हुँदा १८ करोड आम्दानी हुने अनुमान जिल्ला कृषि विकास कार्यालय धादिङले