गत बुधबार राति अपहरणुमक्त गराइएकी भारतीय बालिकालाइ बारा प्रहरीले आज उनको अभिावकको जिम्मा लगाएको छ ।भारतको पन्जावबाट ११ दिन पहिले अपहरणमा परेकी बिहार सिंगहरिया थाना माधवपुर घर भएका रामलाल मिश्रकी सात महिनाकी छोरी खुश्बु कुमारीलाइ बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढले गत बुधबार राति बाराको पिपरपातीबाट सकुशल उद्धार गरेको थियो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढमा आज एक कार्यक्रमको आयोजना गरि स्थानीय राजनीतिक दलका नेता , सन्चारकर्मी र भद्रभलादमीहरुको उपस्थितीमा बालिकालाइ उनको बुबा रामलाल र आमा मिलन देवीको जिम्मा लगाइएको प्रहरी निरिक्षक किशोर कुमार उपाध्यायले जानकारी दिनु भयो । प्रहरीले बुधबमर राति बालिकालाइ सकुशल उद्धार गर्नुका साथै बालिकालाइ अपहरण गर्ने पिपरपाती ९ का जोगिन्द्र महत्तो नुनियालाइ पनि पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरिक्षक किशोर कुमार उपाध्यायको नेतृत्वमा खटिएको टोलीले बालिकालाइ महत्तोकै घरबाट सकुशल उद्धार गरेको थियो ।महत्तोले बैशाख १८ गते पन्जाबबाट बालिकालाइ अपहरण गरि बाराको पिपरपाती स्थित आफनो घरमा ल्याएर राखेका थिए । बालिका खुश्बुका बुबा रामलाल मिश्रले गत बैशाख २१ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढमा आफनी छोरी अपरहणमा परेको जानकारी गराएपछि प्रहरीले बुधबार राति खुश्बुको सकुशल उद्धार गरेको थियो । बालिकालाइ अपहरण गर्ने महत्तोलाइ आश्यक कार्वाहीका लागि भोलि जिल्ला प्रहरी कार्यालय बारामा पठाइने प्रहरी निरिक्षक उपाध्यायले जानकारी दिनु भयो । आजको कार्यक्रममा पुर्व स्वास्थ्य राज्यमन्त्री सरोज कुमार यादव , पत्रकारहरु रामेश्वर मेहता , चन्दन कुमार चन्दन , एकीकृत नेकपा माओवादीका अनवर अन्सारी , नेपाली काँग्रेसका उपेन्द्र प्रसाद पटेल , नेकपा एमालेका रामचरण कुशवाहा ,सदभावना पार्टीका ह्यातुल अन्सारी लगायत स्थानीयवासीको पनि सहभागीता रहेको थियो ।