बैशाख २१ /
रौतहटको पतौरा ६ भकुवा नदीको नहरमा बोरामा कसिएको अवस्थामा एउटा बेवारिसे शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । स्थानीयले देखेर खबर गरेपछि इलाका प्रहरी गरुडाका प्रहरी निरिक्षक भेषराज रिजालको टोलीले शवको निगरानी गरेको छ । शवको पहिचान खुल्न सकेको छैन । शवको विषयको अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रिजालले बताउनुभयो । अन्दाजी ३० वर्षीय युवकको शव रहेको जनाइएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ ।