"आवश्यक परे फेरि बन्दुक उठाइन्छ"


काठमाडौं, वैशाख १८ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा–माओवादीले आज राजधानीको बसन्तपुरमा सभा ग¥यो । सभालाई सम्बोधन गर्दै माओवादी सचिव नेत्रविक्रम चन्दले सरकारले मुलुकलाई गृहयुद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाए । माओवादीलाई समाप्त पार्ने नियोजित षड्यन्त्र अन्र्तगत अहिलेको सरकार अघि वढेको उनको दाबी थियो ।

अहिलेकै अवस्थामा चुनाव गराउन खोजे त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिँदै चन्दले आवश्यक परे फेरि बन्दुक उठाउने सम्मको चेतावनी दिए । सचिव चन्दले यही सरकारले गर्ने चुनावमा आफूहरु सहभागी नहुने र दल दर्ता समेत नगर्ने स्पष्ट पारे ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक रामदीप आचार्यले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दैनिक ज्याला ७ सय रुपैयाँ र मासिक काम गर्ने मजदुरलाई कम्तिमा १५ हजार रुपैयाँ तलव नदिईए त्यसका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए । सभा सुरु हुनुअघि राजधानीका विभिन्न ठाउँबाट ¥यालीसहित मजदुरहरु वसन्तपुर पुगेका थिए ।

SHARE THIS

Author:

Facebook Comment