पर्वत, वैशाख १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएमात्रै लोकतान्त्रिक संविधान बन्ने बताएका छन् । नेपाली कांग्रेस पर्वत क्षेत्र नम्बर २ को लुंखु देउरालीमा आज आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै देउवाले अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन नसकेकै कारण संविधान बन्न नसकेको तर्क गरे ।
जंगली प्रवृत्ति भएको माओवादीको हातमा सत्ता परेकाले संविधानसभाको अवसान भएको उनको जिकिर थियो ।
जंगली प्रवृत्ति भएको माओवादीको हातमा सत्ता परेकाले संविधानसभाको अवसान भएको उनको जिकिर थियो ।
