मंसिरमा चुनाव नभए आन्दोलन

पोखरा, वैशाख १८ । एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आगामी मंसिरमा चुनाव नभए एकीकृत माओवादीले आन्दोलन गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज पोखरामा भएको कार्यक्रममा नेता महराले मंसिरमा चुनाव नभए चुनावकै लागि भनेर आन्दोलन गर्ने बताए । 
मिति घोषणा गरेर चुनावको तयारी थाल्नुको सट्टा सरकार दैनिक प्रशासनिक काममा अल्झिएको उनको आरोप थियो । 

SHARE THIS

Author:

Facebook Comment