काठमाडौं, वैशाख १८ । सीटीईभीटीका निर्देशक डा. कुलबहादुर बस्नेतले सरकारले मापदण्ड मिचेर डा. रामहरि लामिछानेलाई सीटीइभिटीको सदस्य सचिवमा नियुक्त गरेको आरोप लगाएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनले लामिछानेको योग्यता र नियुक्तिको आधार पुष्टि गर्न सरकारलाई चुनौति समेत दिए ।
सीटीईभीटीको सदस्य सचिवमा नियुक्तिका लागि कार्यक्षमता, ज्येष्ठता र योग्यतालाई मापदण्ड बनाइएको भएपनि त्यसको विपरित १९ औं नम्बरमा रहेका लामिछानेलाई नियुक्त गरिएको बस्नेतले बताए ।