वीरगंजको बिनय डायग्नोस्टिकले गलत रिपोर्ट दियो कारवाही कसले गर्ने ?

वीरगंजको आदर्शनगर स्थित विनय डायग्नोस्टिक प्रा.लि.ले विदेश जानेहरुलाई निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने क्रममा गलत रिपोर्ट दिने गरेको खुलासा भएको छ ।
विदेश जान लागेका वीरगंज वडा नम्बर २ छपकैयाका ३८ वर्षिय सुबास कार्कीले आफ्नो स्वास्थ्य परिक्षण गराउन जाँदा ग्यारेन्टीका साथ स्वास्थ्य परिक्षण हुने गरेको ठोकुवा गरेपनि विनय डायग्नोस्टिकले गलत रिपोर्ट देखाएर निरोगिताको प्रमाण पत्र उपलब्ध गराउने गरेको खुलासा भएको हो । विनय डायग्नोस्टिकका संचालक वीरगन्ज छपकैया वडा नम्बर ३ का अभिषेक श्रीवास्तवले कार्कीसँग २५ सय रुपैयाँ नगद दस्तुर लिई उनको रगत संकलन गरी काठमाण्डौ स्थित जानकी ईन्टरनेशनल मेडिकल सेन्टर प्रालिमा सम्पर्क राख्न भनेका थिए । रिपोर्ट लिन काठमाण्डौ गएका कार्कीले रिपोर्ट लिएपछि उनको स्वास्थ्यमा कुनै खराबी नदेखिएको दुई महिनाको ग्यारेन्टी सहित निरोगिताको प्रमाणपत्र उपलब्ध गराएको थियो । तर काठमाण्डौंमै पुन: परिक्षण गराउँदा हेपाटाइटिस फेला परेपछि कार्की विदेश जान पाएनन् ।

SHARE THIS

Author:

Facebook Comment