कर्मचारीलाई लामो समय बिदामा नबस्न निर्देश


गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी कात्तिक महिनाको अन्तिम वा मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकार मिति घोषणाको अन्तिम तयारीम रहेको बताउादै कर्मचारीलाई लामो समय बिदामा नबस्न निर्देशन दिएका छन् । देश निर्वाचनको माहोलमा होमिएको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले मुलुकको संक्रमण अवधि लम्बिदा राजनीतिक संरक्षणमा अपराध मौलाउन सक्ने भन्दै चनाखो रहन सुरक्षा अधिकारीलाई निर्देशन दिए ।

चितवनका सरकारी कर्मचारीलाई आज बिहान गृहमन्त्री घिमिरेले भरतपुरमा निर्देशन दिएका थिए । मन्त्री घिमिरेले निर्वाचनलाई दृष्टिगत गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।

मुलुक अप्ठेरो स्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरुसाग वार्ता गरी सरकार सबै दललाई निर्वाचनमा सहभागी गराउन लागिपरेको बताए ।

लोकतान्त्रिक विधि निर्वाचन भएको र मुलुकमा दिगो शान्ति स्थापनाका लागि निर्वाचनको विकल्प नभएको भन्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरु पनि निर्वाचनमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताए ।

SHARE THIS

Author:

Facebook Comment