बैशाख २१/
मानव सशक्तिकरण समाजले आज आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय ८१ जनाले स्वास्थ परिक्षण गराएका छन् । प्रचण्ड गर्मीसागै रोगको प्रकोप बढ्ने भएकाले जनचेतना फैलाउने उदेश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविरमा निशुल्क रक्त परिक्षण समेत गरिएको थियो । शिविरमा आएकाहरुलाई डाक्टर नवीन यादव, राजेश स्वर्णकार र परवेज आलमले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरको उद्घाटन सत्रमा जिल्ला शिक्षा अधिकारी हरिप्रसाद वस्ति, मुकेस सरावगि, नेजामुदिन समानि, महमद साहबुदिन लगायतको सहभागिता रहेको थियो । समाजका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा शिविर सम्पन्न भएको हो ।
SHARE THIS