हनुमानढोकामा एस.एस.पी.पत्नीको बबाल


काठमाण्डौं,१६ वैशाखः हेडक्वार्टरले सरुवा गर्ने तयारी गरिरहेको महानगरिय प्रहरी कार्यालय हनुमान ढोकाका प्रमुख एसएसपी रणबहादुर चन्द फेरी विवादमा तानिएका छन् ।
विराटनगरकी ३५ वर्षिया गोमा सुवेदीले चन्द कार्यालयमा नभएको मौका छोपेर सोमबार उनको कार्यकक्षमा प्रवेश गर्दै हनुमानढोकाका एसपी र डिएसपीलाई निर्देशन दिंदै बितण्डा मच्चाएकी हुन् ।
ती महिलाले क्यासिनो अन्नाका महाप्रबन्धक तपबहादुर विष्टलाई आफूसमक्ष उपस्थित गराउन निर्देशन दिएकी हनुमान ढोका प्रहरी श्रोतले जानकारी दिएको छ ।१० वर्ष अघि नै आफ्नी श्रीमतीको निधन भइ सकेपछि एसएसपी चन्दले गोमालाई आफ्नी कान्छी श्रीमतीको रुपमा चिनाउँदै आएको बताइएको छ । विष्टलाई हनुमान ढोका प्रहरीले  नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश दिएको आरोपमा सोमबार रातीनै पक्राउ गरेको थियो ।
काम विशेषले हनुमान ढोका पुगेको भनिएका एसएसपी रमेश खरेल पनि गोमा सुवेदीको नाटकको प्रत्यक्षदर्शी बन्न पुगेका थिए । ती महिलालाई पछि प्रहरीले कार्यकक्षबाट बाहिर निकालेको थियो । दुई दिनदेखि बिदामा रहेका एसएसपी रणबहादुर चन्दले आफूलाई कार्यालयमा भएको घटनाबारे कुनै जानकारी नभएको बताएका छन् ।

SHARE THIS

Author:

Facebook Comment