दुर्घटनामाा मृत्यु भएपछि राजमार्ग अवरुद्ध


रौतहट,१६ वैशाखः रौतहटको वीरेन्द्र राजमार्ग अन्तर्गतको झुनखुनुवा चोकमा सोमबार मध्यान्ह  ना ३ ख २१२० नम्बरको यात्रुबाहक बसको ठक्करबाट  मोटरसाइकल चालक देवाही गाविस ८ करुनिया टोलका ४५ वर्षिय शेष अबुलैशको घटनास्थलमै मृत्यु भएका छ ।मोटरसाइकलमा सँगै बसेका उनका बाबु शेष दाउद गम्भीर घाइते भएका छन् ।
कृष्ण कन्हैया ट्राभल्सको ना ३ ख २१२० नम्बरको बसले झुनखुनुवा चोकमा डिएल फोर एस बीजे ६६२९ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा मोटरसाइकल चालक अबुलैशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै बसेका अबुलेशका बाबु शेष दाउद गम्भीर घाइते छन् । दुर्घटनापछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै बसमा तोडफोड गरेर क्षतिग्रस्त बनाउँदै सडक अवरुद्ध गरेका छन् ।

SHARE THIS

Author:

Facebook Comment