लायन्स क्लव अफ वीरगंज ग्रीनको अध्यक्षमा उमेश साह कानुको नेतृत्व

लायन उमेश

वीरगंज,१६ वैशाख,
लायन्स क्लव अफ वीरगंज ग्रीनको अध्यक्षमा सचिव लायन उमेश साह कानुलाई आज बोर्डको बैठकले सर्वसम्मतिबाट अध्यक्ष पदमा चयन गरेको छ ।
क्लवका अध्यक्ष लायन अरुण कुमार जयसवालको अध्यक्षतामा सोमबार वीरगंजको वृन्दावनमा वसेको कार्यसमितिको बैठकले साहलाई २०१३–१४सम्मकोलागि नेतृत्व दिने निर्णय गरिएको निर्वतमान अध्यक्ष लायन अरुण जयसवालले जानकारी दिनुभयो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा लायन किरण अग्रवाललाई चयन गरिएको छ भने सचिवमा वैधनाथ राम एवं कोषाध्यक्षमा विमल अग्रवाललाई पनि सर्वसम्मतिबाटै चयन गरिएको छ ।
कार्यसमितिको सचिवमा रहँदा साहले पु¥याउनु भएको योगदानको कदर गर्दै कार्यसमितिले उनलाई नेतृत्व प्रदान गरेको निवर्तमान अध्यक्ष जयसवालले बताए ।
उक्त बैठकमा भु.पु. अध्यक्षहरू लायन विनोद गुप्ता, लायन देव चौधरी एवं सदस्य विमल अग्रवाल, किरण अग्रवाल, नविन कार्की लगायत अधिकांश सदस्यहरुको उपस्थिति रहेको थियो ।

SHARE THIS

Author:

Facebook Comment