काठमाडौ, बैशाख १७ आगामी चुनाब लाई लक्षित गर्दै निर्वाचन आयोगले दल दर्ता प्रक्रिया शुरू गरेको छ । दल दर्ता गर्नको निम्ति दलहरु बिच प्रतिस्प्रधा भएको छ । दर्ताका निम्ति एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरु बिहानैदेखि आयोग कार्यालय पुगिसकेका छन् । तर यता आयोगले भने जेठ १५ गतेसम्म दल दर्ता गर्न समय तोकेको छ । पहिलेको संबिधान सभा मा प्रतिनिधित्व गरेका दल हरुले १० हजार हस्ताक्षर बुझाउनु नपरेपनी नयाँ दल ले भने अनिबार्य बुझाउनु पर्ने छ ।त्यसका लागि पार्टीको विधान, घोषणपत्र, नियमावली, झण्डा, चुनाव चिन्ह, पदाधिकारीहरुको नेपाली नागरिकताको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । तर धर्म, जातजाति, भाषा वा लिङ्गको आधारमा नेपाली नागरिकमाथि भेदभाव गरिएको वा कुनै दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा मुलुकको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा मुलुकलाई विखण्डित गर्ने खालको भएमा त्यस्ता दलले मान्यता नपाउने आयोगले स्पष्ट पारेको छ ।
माओबादी एमाले बिच बिबाद
निर्वाचन आयोगमा दल दर्ता गर्ने विषयमा एकीकृत नेकपा माओवादी र नेकपा एमालेका केन्द्रीय नेताहरुबीच विवाद भएको छ। आफू निर्वाचन आयोग पहिले पुगेको र पहिलो दर्ता आफ्नो पार्टीको हुनुपर्ने दावी एमाले र माओवादी दुबैले गरेपछि विवाद चर्किएको थियो। बिबाद पछि प्रहरी परिचालन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
