सातजना परिक्षार्थी निष्काशित


वीरगन्ज,१७ वैशाखः    कक्षा १२ को वार्षिक परीक्षाको पहिलो दिन मंगलबार अनिवार्य अँग्रेजी विषयको परिक्षामा देशभरका उच्च मावि तहका विद्यार्थीले सहभागीता जनाएका छन ।
    जिल्ला शिक्षा अधिकारी हरिहर प्रसाद बस्तीले अनुगमनका क्रममा मंगलबार
७ जना परिक्षार्र्थी निष्काशनमा परेको जानकारी दिए । शिक्षा कार्यालयका अनुसार वीरगन्ज पब्लिक कलेज परिक्षा केन्द्रबाट हरिखेतान बहुमूखी क्याम्पसका दुईजना परिक्षार्थी निष्काशनमा परेका छन् ।
    त्यस्तै ज्ञान वाटिका उच्च माद्यमीक विद्यालयबाट तीनजना र कन्या उच्च माद्यमीक विद्यालयबाट दुईजना निष्काशनमा परेका छन् । जिल्ला शिक्षा अधिकारीले चीट चोर्दै गरेको अवस्थामा परिक्षा सुपरिवेक्षकले चीट फेला पारेपछि परिक्षार्थीको उत्तर पुस्तिका नियन्त्रणमा लिएर  निष्काशन गरिएको जानकारी दिए ।

SHARE THIS

Author:

Facebook Comment