चुनावको बाधक चार दल: भण्डारी

जनकपुर, वैशाख १७ । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले चार दल संविधानसभा चुनावको बाधक भएको आरोप लगाएका छन् । जनकपुरमा आज आयोजित पत्रकार सम्म्मेलनमा भण्डारीले चार दलको सिण्डिकेट रहेसम्म देश यथास्थितिबाट माथि उठ्न नसक्ने गरे ।
 
उक्त अवसरमा बोल्दै भण्डारीले खिलराज सरकारलाई काम गर्न स्वतन्त्र छाडिदिनु पर्ने भन्दै कार्तिक–मंसिरमा पनि चुनाव सम्भव नदेखिएको बताए ।

SHARE THIS

Author:

Facebook Comment