विराटनगर, वैशाख १७ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले राजनीतिक अस्थिरताका कारण मानव अधिकार हननका घटना बढेको बताएका छन् । आज विराटनगरमा भएको शान्तिप्रक्रिया, संक्रमणकालीन न्याय र मानवअधिकार विषयक अन्तरक्रियामा अध्यक्ष उपाध्यायले मुलुकमा दिगो शान्ति स्थापना नभएसम्म मानव अधिकारको अवस्थामा सुधार आउन नसक्ने बताए ।
कार्यक्रममा आयोगका सदस्य राम नगिना सिंहले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियाका कतिपय प्रावधानमा परिवर्तन आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा आयोगका सदस्य राम नगिना सिंहले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियाका कतिपय प्रावधानमा परिवर्तन आवश्यक भएकोमा जोड दिए ।