देश निर्वाचनमय: आयुक्त उप्रेती

पोखरा, वैशाख १७ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले देश निर्वाचनमय भएको दाबी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीको आयोजनामा कास्कीका सरोकारवालाहरुसँगको अन्तरक्रियामा उनले गाउँबस्तीमा निर्वाचनको माहोल सुरु भईसकेको भन्दै सबै राजनीतिक दललाई निर्वाचनका लागि अघि बढ्न आग्रह गरे ।

उप्रेतीले निर्वाचन आयोग साझा संवैधानिक निकाय भएकाले यसले गर्ने निष्पक्षतामा शंका नगर्न समेत आग्रह गरे । निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक र आवश्यक ऐन, कानुन अत्यावश्यक पर्ने भन्दै उनले नामावली संकलन गर्न गाउँगाउँमा गएका टोलीलाई सहयोग पु¥याउन आग्रह समेत गरे । 

आगामी निर्वाचनमा करिब एक करोड ५४ लाख मतदाताले भोट हाल्ने उनको दावी थियो । 

SHARE THIS

Author:

Facebook Comment