पत्रकार सम्मेलनमा एक करोड, प्रतिवेदनमा ४५ लाख ?


वीरगन्ज,१३ वैशाखः नारायणी अञ्चल प्रहरी कार्यालयले वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाएको ना ३ख ४५३९ नम्बरको शंकास्पद ट्रकबारे शुक्रबार अनुसन्धान हुँदैछ ।
प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले बुधबार आफ्नो कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एक करोड रुपैयाँ मूल्य बराबरको अवैध कपडा बरामद भएको दाबी गरेपनि उनले भन्सार कार्यालयमा बुझाएको प्रतिवेदनमा कपडाको मूल्य ४५ लाख रुपैयाँ र पुरानो ट्रकको मूल्य २५ लाख रुपैयाँ उल्लेख छ ।

भन्सार कार्यालय प्रमुख रामहरि अर्यालले ट्रक पुरानो भएकाले २५ लाख रुपैयाँका मूल्यांकन ज्यादै धेरै भएको बताए । उनले बरामद गरिएकोमा सुटिङग, सर्टिङग, कुर्ता सुरुवाल, साडीलगायतका महँगा कपडा मात्र भएको एसएसपी खनालले पत्रकार सम्मेलनमा दाबी गरेपनि उनले नै भन्सारमा बुझाएको प्रतिवेदनमा
सुतीका कपडा समेत ट्रकबाट बरामद भएको उल्लेख गरिएको छ । भन्सार कार्यालय प्रमुख अर्यालले सुतीका कपडा समेत भएकाले प्रहरीले बुझाएको मूल्यभन्दा वास्तविक मूल्यांकन अझ तल झर्न सक्ने बताए ।
भन्सार कार्यालय परिसरबाटै ट्रक बाहिरिएका अवस्थामा बरामद गरिएको प्रहरीको मौखिक दाबी विपरित सो मालबाहक ट्रक वीरगन्ज १९ इनर्वास्थित बाइपास रोडबाट पक्राउ गरिएको नारायणी अञ्चल प्रहरी कार्यालयले आफ्नो लिखित प्रतिवेदनमा उल्लेख गर्दै भन्सार कार्यालयको जिम्मा लगाएको छ ।
वीरगन्जमा बद्नामी कमाएका घुमुवा मुन्ना सिंह र मनिष सिंहले आफूले घुमुवाकारुपमा काम गर्ने अवसर पाउनका लागी एसएसएपीलाई खुशी पार्न भन्दै सुराकीलाई एक लाख रुपैयाँभन्दा बढी रकम खर्चेर यो ट्रक नियन्त्रणमा लिएको तस्करी धन्दाबारे जानकारहरुको भनाई छ । जानकीटोलाको सुपारी काण्डपछि अञ्चल प्रहरी कार्यालयले मुन्ना र मनिष सिंहलाई आफ्नो कार्यालयभित्रै सीमित राखेकोमा अहिले पुनः उनीहरु सकृय भएका छन् ।
source:यात्रा

SHARE THIS

Author:

Facebook Comment