चुनाव भएन भने मुलुक असफल घोषित हुने


वीरगन्ज,१४ वैशाखः नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कुनै पनि बहानामा चुनाव असफल बनाउने र बहिष्कार गर्ने कार्य काँग्रेसका लागी स्वीकार्य नहुने बताएका छन् ।
नेपाल प्रेस यूनियन पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने, अब पनि चुनाव हुन सकेन भने मुलुक असफल घोषित हुनेछ, त्यसैले जुनसुकै हालतमा पनि आगामी मंसिरसम्ममा संविधान सभा चुनाव हुनैपर्छ ।
उपसभापति पौडेलले असन्तुष्ट रहेका दल र मोर्चाहरुको असन्तुष्टीलाई वार्ताका माध्यमबाट सम्बोधन गरेर चुनावमा सहभागी गराउने पक्षमा सरकार र उच्च स्तरिय राजनीतिक संयन्त्र सकारात्मक रहेको जानकारी दिए । 

SHARE THIS

Author:

Facebook Comment