मृतकलाई लाइसेन्स दिलाउन सिआइबीको हात


वीरगञ्ज, १४ वैशाख। पैसा कमाउने एक सरकारी अड्डाका हाकिमलाई प्रहरी र राजधानीबाट प्रकाशन हुने नाम चलेको एक दैनिक अखबारले मिलेर सेटिङगमा पारेर पैसा कमाउन खोजेको रहस्योद्घाटन भएको छ। केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीका सई अर्जुन रावतका मृतक काका भक्तपुरका रामेश्वर रावतको नाममा नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयबाट सोमबार लाइसेन्स जारी हुनुमा सिआइबीको नियन्त्रणमा रहेको फोटो र नागरिकता प्रयोग भएकोले पनि यस अपरेशनमा सिआइबीमा कार्यरत व्यक्तिहरुको संलग्नता रहेको प्रमाणित भएको छ।
नारायणी अञ्चल प्रहरी कार्यालय वीरगञ्जमा घुमुवा इन्चार्जमा कार्यरत डिएसपी संजय सिंह थापा र जिल्ला प्रहरी कार्यालय बारामा दरबन्दी रहेर हाल अञ्चल प्रहरीमा घुमुवाका रुपमा कार्यरत एक असईको संलग्नतामा यो तानाबाना बुनिएको स्रोतको दावी छ।दिलाउन प्रहरीका मान्छेको लाइसेन्स नबनाइ दिने ? भन्दै नारायणी अञ्चल प्रहरी कार्यालयकै घुमुवा टोलीका सदस्यले यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई दबाब दिएर मान्छेको उपस्थिति बिना नै लाइसेन्स बनाउन सफल भएको श्रोतको दाबी छ ।
अञ्चल यातायात व्यवस्था कार्यालय दोश्रो भन्सार भएको र यहाँ कार्यरत हाकिमहरु भ्रष्टाचारमा चुर्लु्म्म डुवेको तथ्य सेवाग्राहीहरु बताउँछन्।

लाइसेन्स वितरण प्रकृयामा प्रहरीको पनि संलग्नता हुने गरेको तर समानुपातिक तवरमा रकम वितरण नभएकाले एकै चोटी मोटो रकम कमाउन मृतकको नाममा लाइसेन्स तयार पार्न लगाइएको स्रोतले बताएको छ। सेटिङगका एक सदस्यले वार्गेनिङबाट प्राप्त हुने रकममध्ये आफ्नो भागमा एकदमै थोरै रकम पर्ने देखेपछि यस कुरालाई एसएसपी सर्वेन्द्र खनालसमक्ष चुहाएका थिए। पछि यातायात व्यवस्था कार्यालयमा जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा एसएसपीकै प्रयासले छापामारी भएको हो।

अञ्चल यातायात व्यवस्था कार्यालयबाट मान्छे नै उपस्थित नभई लाइसेन्स जारी हुने गरेको घटना कुनै नौलो होइन। यस कार्यालयमा व्यापक भ्रष्टाचार हुने गरेको तथ्य आम नागरिक जोकोहिबाट लुकेको छैन। यस कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्जदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीहरुको समेत प्रत्यक्ष सहभागीता हुने गरेको बताइएको छ।

अञ्चल यातायात व्यवस्था कार्यालयमा भएको सेटिङगलाई काठमाडौंबाट प्रकाशित हुने एक दैनिकले मंगलबार आफ्नो सम्पादकीयमा आफुहरुले यस किसिमको प्रयोग गरेको दाबी गरेको छ। यो  सेटिङगसँगै प्रश्न उठेको छ सो दैनिकको प्रयोगमा सिआइबीको अधिनमा रहेको कागजातहरु कसरी आयो ? मृतक रामेश्वर रावतको आफ्नो छोरीको बिहेको कार्ड वितरण गर्न जाँदा तीन महिना अघि क्यासिनोको विवादमा हत्या गरिएको थियो। त्यस बखत नै हत्याबारे अनुसन्धानका लागी भन्दै मृतक रावतको तस्वीर र नागरिकता लगायतका कागजातहरु केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले संकलन
गरेको थियो।

लाइसेन्स बनाउनका लागी तीन महिना अघि राजधानीमा हत्या गरिएका रामेश्वर रावतलाई नै किन रोजियो रु यो अहिले शंकाको घेरामा रहेको छ। मृतकका भतिज अर्जुन रावत सिआइबीमा कार्यरत हुनु र राजधानीबाट प्रकाशन प्रशारण हुने दर्जनौं टेलिभिजन च्यानल र दैनिक अखबार, स्थानीय एफएम, स्थानीय पत्रिकाहरुलाई यस विषयमा कुनै जानकारी नहुनु वा नगराइनु के आफैंमा संयोग होरु एउटा दैनिक प्रकाशनले गरेको सेटिङगमा राज्यबाट तलब बुझ्नेहरु प्रयोग हुनु आफैंमा जायज हो की नाजायाज, यो एउटा चर्चाको विषय हुनसक्ला। तर सो दैनिकले दाबी गरे जस्तै यो उसको आफ्नो असली प्रयोग हो वा होइन प्रश्न उव्जेको छ।

घुस दिएकै भरमा वर्षेनी नक्कली लाइसेन्स लिएर ड्राइभरहरुले सवारी चलाउँदा भएका दुर्घटनाले सयकडौं नागरिकले ज्यान गुमाउने प्रकृया रोकिनुपर्ने विषयलाई कुनै संस्था तथा व्यक्ति विशेषको चर्चाको मेलो मात्र वनाइनु हुन्न। आम नागरिकको चासोको विषयलाई सहि ढंगले नै सम्वोधन गर्नुपर्छ। श्रोतः हाम्रा कुरा डटकम

SHARE THIS

Author:

Facebook Comment