देशको प्रतिनिधित्व गर्दै भारत जान लागेको प्रतिक्रिया
काठमाडौं १४ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफु राष्ट्रको प्रतिनिधित्व गर्दै भारत जान लागेको प्रतिक्रिया दिएका छन् ।भारत जानुअघि त्रिभुवन विमास्थलमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष दाहालले आफु पार्टी अध्यक्ष भएपनि राष्ट्रको प्रतिनिधित्व गर्दै भ्रमण हुन लागेको बताए । उनले चीनमा जस्तै भारतमा पनि नेपालको आर्थिक विकासमा आफुले जोड दिने बताए । उनले भने–नेपालको जलश्रोत, पर्यटन र भौतिक विकासमा भारतको सहयोगका लागि प्रस्ताव राख्छु । उनले भारतमा विगतका असहमतीका कुरा नगर्ने उल्लेख गरे । दाहाल दिउँसो जेट एयरवेजबाट दिल्ली उडेका थिए । दाहालका साथमा पत्नी सिता दाहाल, विदेश विभाग प्रमुख कृष्ण महरा र सहयोगी शिव खकुरेल छन् । भारत भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च सरकारी प्रतिनिधीका साथै विपक्षी दलका नेताहरुसंग दाहालले भेटघाट गर्नेछन् । एकहप्ताको चीन भ्रमण लगत्तै उनी दिल्ली उडेका हुन्
भ्रमण आर्थिक एजेण्डामा केन्द्रीत: दाहाल
। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा आर्थिक एजेण्डालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
आज वीरगञ्जमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले भारतीय पक्षसंग नेपालको विकासका बारेमा आफुले महत्वका साथ प्रस्ताव राख्ने बताएका हुन् । उनले नेपालमा रेलवे सेवा विस्तार, सडक र जलविद्युतमा लगानी गर्न भारतसंग आग्रह गर्ने बताए । आगामी संविधान सभा निर्वाचमा आफु मधेशबाटै चुनाव लड्ने उल्लेख गर्दै दाहालले भने, ‘मधेशी जनताको पक्षमा माओवादी सधैं लड्छ ।’
पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको मुद्धाबाट पार्टी पछाडी नहट्ने अध्यक्ष दाहालले स्पष्ट पारे ।
अध्यक्ष दाहाल आजै उच्चस्तरीय भ्रमणमा भारत जाँदै छन् ।