रौतहट,१३ वैशाखःरौतहटको सदरमुकाम गौरमा सुनचाँदीमा व्यापक ठगी भइरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको एक टोलीले सदरमुकाम गौरमा रहेका विभिन्न सुनचाँदी पसलहरुको स्थलगत निरीक्षण गर्दा भाउमा व्यापक भिन्नता भेटाएपछि ठगी भइरहेको रहस्य खुलेको हो । गौरस्थित महावीर, माँ जानकी, चण्डिका, दुर्गा र सनी ज्वेलर्सको प्रशासकीय अधिकृत वसन्त न्यौपानेको नेतृत्वमा गएको टोलीले निरीक्षण गर्दा सनी ज्वेलर्सभन्दा अन्य सबै पसलले चार हजारभन्दा बढी प्रति तोलामा कारोबार भइरहेको पाइएको छ । सनी ज्वेलर्समा प्रतितोला ५२ हजार पाँच सयमा बिक्री भइरहेको सुन अन्य पसलमा ५६ हजार चार सय पचास रुपैयामा बिक्री भइरहेको पाइएको अधिकृत न्यौपानेले बताए । सुनमा उपभोक्तासित व्यापक ठगी भइरहेको पाइएकोले आइतवार सुरक्षा समितिले कार्यवाहीको निर्णय गर्ने न्यौपानेले बताए ।
सुनपसलमा ठगी...