हेटौंडा, बैशाख ९ - हेटौंडा तीन पिपलबोटकी एक जना युवतीलाई २ जना युवाहरुले एसिड खन्याएर घाईते बनाएका छन् ।
मोटरसाईलमा आएका दुईजना युवाहरुले १९ बर्षीया युवतीलाई एसिड खन्याएर गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ ।
घरमा बसिरहेको अबस्थामा युवतीको टाउकोमा एसिड खन्याएर ती युवा भागेका थिए ।
युवतीको टाउको, मुख र आँखा समस्या देखा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक स्यामकुमार महतोले बताउनुभयो । उनको हेटौंडा सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
एसिड खन्याउने युवाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । युवतीमाथि एसिड खन्याउनुको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।