काठमाडौं, वैशाख १७ । रक्तचन्दनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा निमाछिरिङ शेर्पा, अमर श्रेष्ठ, नुम्बु छिरिङ शेर्पा छन् । दुई जनाको नाम खुलेको छैन । प्रहरीले उनीहरुको साथबाट ६५ केजी रक्तचन्दनसहित दुई वटा गाडी बरामद गरेको हो ।
गाडीमा बरामद रक्तचन्दन राखी चीन लैजान लागेका अवस्थामा हनुमानढोका प्रहरी परिसर र सिंहदरवार प्रहरी प्रभागले उनीहरुलाई काठमाडौको क्षेत्रपाटीबाट पक्रेको हो । रक्तचन्दन माला बनाई बेच्न लैजान लागिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । रक्तचन्दनको माला बनाउने कारखाना भने भारतमा रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
पक्राउ परेकाहरुको कोठामा पनि रक्तचन्दन हुनसक्ने आशंकामा प्रहरीले काठमाडौको महाबौद्ध स्थित उनीहरुको घरमा पनि छापा मारेको थियो । त्यहाँबाट पनि केही मात्रामा रक्तचन्दन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जिल्ला वन कार्यालय काठमाडौंमा राखी थप अनुसन्धान गरिँदै छ ।
