एन आर एन अमेरिका दोहोरो नागरिकता

एन आर एन अमेरिका दोहोरो नागरिकताको बुदामा केन्द्रित हुने अमेरिका ,फागुन १२ (तदनुसार फेब्रुअरी २३ ,२०१३ )एन आर एन ,एन सी सी ,अमेरिका(गै आ स ,रा स स ) ले दोश्रो अधिवेसन मई २५ -२६ २०१३(शनिबार -आइतबार)मेमोरियल डे(स्मरणात्मक दिवस )का दिन लस एन्जेलसमा मनाउने र अधिवेसनमा महत्वाकांक्षी पांच बुदामा केन्द्रित हुने जानकारी अधक्ष्य प्रल्हाद केसीले दिएका छन् l अधिवेसन प्रारम्भ हुनु भन्दा ३ महिना अगावै देखि यी पांच बुदामा गहन गृहकार्य र बृहत कसरत गरिने उदेश्य एन आर एन अमेरिकाले राखेको छ भनि जानकारी दिइएको छ l अमेरिका भर छरिएर रहेका सम्पूर्ण संघ तथा संस्थाहरुलाई एकत्रित गर्ने अभिप्राय रहेको र सम्पूर्णलाई आफनो पनको महसुस गराउदै अधिवेसनमा सहभागी हुन् अधक्ष्य प्रल्हाद केसीले आग्रह गरेका छन् र सम्मेलनको नारा ' मिटिंग अफ माइन्ड 'अर्थात् 'अभिप्रायको सम्मेलन' तय गरिएको छ l अधिवेसनमा महत्वाकांक्षी पांच बिशेष मुद्दाहरुमा प्राथमिकता दिइने छ भन्दै पांच बुदाहरु प्रथमत (१)एन आर एन अमेरिकाले प्रवासी तथा नेपाली मूलका व्यक्तिहरुको लागि पूलको भूमिका निर्वाह गर्दै व्यावसायिक विकास र व्यापक संजालको बिस्तार कार्य गर्ने (२)बिश्व स्तरमा प्रवासी नेपाली तथा भावी पिढीहरुको लागि दोहोरो नागरिकताको लागि नेपाल तथा अमेरिकामा सम्पूर्ण स्तरमा अभियानको शुभारम्भ गर्ने l (३)नेपाल र अमेरिकाको बीच दोहोरो करको सन्धिबारे सबै पक्षलाई समाहित गर्दै प्रबर्धन र जानकारी दिने l (४)अमेरिका र सरकारी स्तरमा नेपाली अमेरिकनहरुको राजनैतिक सशक्तिकरणको लागि राजनैतिक कार्यदल समिति (प्याक कोष )निर्माण तथा प्रबर्धन गर्ने (५)नेपाल र नेपाली दाजुभाई तथा दिदि बहिनिहरुको लागि नेपालमा लगानी गर्ने र परियोजनाको विकास गराउने ,एन आर एन अमेरिका सदश्यहरु ,लगानीकर्ता,अमेरिकन मित्रहरु र पदाधिकारीहरुको सहयोगमा अवसर प्रदान गर्दै स्वरोजगारको ब्यबस्थापन गर्न पहल गर्ने मुद्दाहरुमा व्यापक छलफल गरिने र तार्किक बिन्दुमा पुर्याईने लक्ष्य लिइएको जानकारी एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हाद केसीले दिएका छ l आफुले नेतृत्व लिए पच्यात कुरामा अलमलिनु भन्दा काममा ध्यान दिनु उचित ठानी कामलाई उच्च प्राथमिकता दिने हाम्रो लक्ष्य रहेको उनले बताएका छन् l

SHARE THIS

Author:

Facebook Comment