आफु प्रवासमा रहेर पनि नेपालका दिनदु:खी बृद्ध आमा-बाबाहरुलाई सेवा गर्ने र केही हदसम्म भए पनी उनिहरुको बुढेसकालको आँखाको रोशनी बनिदिने उद्देश्यका साथ माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतका अध्यक्ष धर्मराज गिरीको अध्यक्षतामा केही महिना पहिला स्थापना भएको बिशुद्द सामाजिक संस्था मेचीकाली बृद्धाश्रम निर्माण समिति, कुवेतको आयोजनामा आगामी ०८ मार्च २०१३ मा हुन गैरहेको “मेचीकाली कल्चरल च्यारिटी शो” मा सहभागीता जनाउन अतिथि कलाकारको
रुपमा नेपालका सुपरस्टार कलाकारहरु किंग राई तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि एक कुशल गायकको रुपमा बनाउन सफल ‘गायक’ राजेश पायल राई, नेपालका माईकल ज्याक्सनको रुपमा परिचित ‘गायक’ धीरज राई र एउटा खुट्टाले मात्र नृत्य गरेर सम्पूर्ण नेपालीहरुको ढुकढुकी बन्न सफल भैसकेकी कुशल नृत्यंगना रोमा न्यौपानेको यहि आगामी ०६ फेब्रुअरी २०१३ बुधवारका दिन, बिहानको ठीक २.३० बजे फ्लाई दुबईको फ्लाईट नं. FZ-067 मार्फत कुवेत आगमन हुने आयोजक समिति बृद्धाश्रम कुवेत शाखाले जानकारी दिएको छ ।
यसैगरी, कुवेतमा आयोजना हुने हरेक कार्यक्रमका लागि आउने नेपाली कलाकारहरुको स्वागतार्थ बिमानस्थलमा आफ्नो बाक्लो उपस्थिती जनाउनु हुने कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार तथा कलाकारहरु र सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई फेरी एकचोटी ‘बृद्धाश्रम कल्चरल च्यारिटी शो’ मा सहभागीता जनाउन आउने कलाकारहरुको स्वागतको लागि आगामी बुधवार बिहानको ठिक २.०० बजे कुवेत बिमानस्थमा उपस्थित भईदिन आयोजक मेचीकाली बृद्धाश्रम निर्माण समिति, कुवेतले बिनम्र अनुरोध गरेको छ ।
