युवराज पारसलाई भेन्टिलेटरबाट निकालियो

काठमाडौँ, फागुन २१ – बैँककस्थित अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहलाई भेन्टिलेटर (कृत्रिम श्वास प्रश्वास यन्त्र) बाट निकालिएको छ। अस्पतालले यसबारे औपचारिक जानकारी दिन भने बाँकी रहेको बैँककस्थित संवाददातालाई उद्धृत गर्दै एभिन्युज टेलिभिजनले जनाएको छ। 
‘हिजै उनलाई भेन्टिलेटरबाट निकालिए पनि फेरि राख्नुपर्ने स्थिति आउला कि भनेर अस्पतालले हिजो औपचारिक विज्ञप्ति ननिकालेको हो, आज बिहान निकालिने भनिए पनि अहिलेसम्म निकालिएको छैन,’ बैँककबाट टेलिभिजनमा प्रत्यक्ष कुराकानी गर्दै एभिन्युज संवाददाता टीकाराम यात्रीले बताए।
उनका अनुसार पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र पूर्व युवराज्ञी हिमानी आज बिहान अस्पताल पुगी चिकित्सकहरुसँग परामर्श गरेका थिए।
११ दिनपछि अचेत रहेका पारसको होश शनिबार खुलेको थियो। उनले मान्छेसमेत चिन्न थालेको उपचार भइरहेको अस्पताल समितिभेज सुखुम्भितले विज्ञप्तिमार्फत् जनाएको थियो।
अस्पताल र पारसका सहयोगीले उनलाई ‘मेजर हर्ट अट्याक्ट’ भएको सार्वजनिक गरे पनि हृदयघात भएका बिरामीको उपचार पद्धतिमा चिकित्सक अझै प्रवेश गरेको देखिएको छैन। चिकित्सकले उनको टाउकोको सिटिस्क्यान गरेर दिमागी अवस्था अवलोकन गरेर उपचार सुरु गरेका थिए।
फागुन ८ गते बेलुका अचानक अचेत भएपछि उनलाई थाई सहयोगीले अस्पताल पुर्‍याएका थिए। दोस्रो दिन आँखाको ढकनी चले पनि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर थप उपचार थालिएको थियो। उपचारका क्रममा उनको मुटुको धमनी बन्द भएपछि कृत्रिम यन्त्रको सहयोग लिइएको थियो। शनिबार उनको पेटबाट सुरु भएको रक्तश्राव दोस्रो दिन रोकिएपछि समितिभेज अस्पतालका चिकित्सकले बैंकक अस्पतालका चिकित्सक डाकेर परामर्श लिएका थिए।
पारसको अवस्था गम्भीर हुँदै गएपछि पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्य बैंककमै छन्। पारस अस्पताल भर्ना भएको दोस्रो दिन बहिनी प्रेरणासहितको टोली बैंकक पुगेको थियो। हिमानी एक्लै बैंकक पुगेपछि पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल र पारसका सन्तान लिएर १६ गते बुधबार बैंकक गएका थिए।




http://www.crimechecknews.com/2013/02/blog-post_6176.html
http://www.crimechecknews.com/2013/03/blog-post_7145.html
 
 

SHARE THIS

Author:

Facebook Comment