व्यासनगरपालिका–१ भादगाउँका एक बालक आइतबार
अपहरणकारीको पन्जाबाट भागेर मुक्त हुन सफल भएका छन् । भादगाउँ–१ निवासी
गङ्गाप्रसाद पोखरेलका छोरा १२ वर्षीय पुकार पोखरेललाई तीन युवकको समूहले
कारमा राखेर घाँसीकुवास्थित पृथ्वीराजमार्ग हुँदै लैजाँदै गर्दा बालकको
सजगताका कारण भाग्न सफल भएका हुन् । कार रोकी राखेको अवस्थामा घाँसीकुवाको
देउरालीबाट बालक भाग्न सफल भएको जिल्ला
प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक डासिराम ढुङ्गानाले बताउनुभयो
। बालकलाई अपहरणकारीले बिहान साढे ८ बजे अपहरण गरेलगत्तै कारमा राखेर
पृथ्वीराजमार्गतर्फ अघि बढेको बालकलाई उद्धृत गर्दै ढुङ्गानाले जानकारी
दिनुभयो । कार देउरालीमा केहीबेर रोकेका बेला उनी झ्यालबाट हामफालेर
भागेर अभिभावकको सम्पर्कमा आएको र अभिभावकले ११ बजे उनको उद्धार गरेको
बताएको छ ।
छोरा सकुशल पाएका पोखरेल परिवारले
त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी गराएका हुन् । ती अपहरणकारीका खोजी
भइरहेको प्रहरीले जनाएको छ ।
मार्ग हुँदै लैजाँदै गर्दा बालकको