पूर्व युवराज पारसको स्वास्थ्यमा सुधारको संकेत


वीरगंज÷गत फागुन ८ गतेदेखि हृदयघात भई अचेत अवस्थामा बैंककको समितिवेज अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको अवस्थामा सुधारको संकेत देखिएको छ  अस्पतालले बुधवार  जारी गरेको विज्ञप्तिमा पारसले खुट्टा चलाएको उल्लेख गरेको छ । बिगत एक हप्तादेखि शरीरको कुनै अंग पनि नचलाएका पारसले बुधवार खुट्टा चलाएपछि भने स्वास्थ्यमा सुधार हुने संकेत देखिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा उच्च रक्तचाप
र मुटुको धड्कन औषधि बिना नै सामान्य बन्दै गएको छ ।
यसैबीच, आज बैंकक गएका पूर्व राजदप्तिले  समितिवेज अस्पतालमा पुगी उपचारमा संलग्न चिकित्सकहरुसंग पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । उहाँसँगै पूर्व रानी कोमल र पारसका छोरीहरु पूर्णिका र कृतिका अनि छोरा हृदयन्द्र पनि संगसंगै हुनुहुन्छ ।  पूर्व युवराज्ञी हिमानी तथा बहिनीका साथै ज्वाईंहरु यसअघि नै बैंकक पुगेर निरन्तर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।


SHARE THIS

Author:

Facebook Comment