पूर्व राजदम्पति बैंकक प्रस्थान


क्राइमचेक प्रतिनिधि÷
काठमाडौं÷ थाइल्याण्डको बैंकको अस्पतालमा ह्दयघातको उपचार गराईरहेका आफ्ना छोरा एवं पूर्व युवराज पारस शाहलाई भेट्न पूर्व राजम्पति बुधवार बैंकक प्रस्थान गर्नुभएको छ ।
                पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह विरामी छोरालाई भेट्न थाईल्याण्डको बैंकक जानुभएको हो । ह्दयघात भएपछि एकहप्तादेखि बैंककको समितिभेज अस्पतालमा उपचार गराइरहेका पारसको अवस्था बुझ्न शाह दम्पत्ति नातिनातिना सहित बैंककतर्फ प्रस्थान गर्नुभएको हो ।

                पूर्व युवराज्ञी हिमानी शाह सहितका आफन्तहरू यसअघि नै बैंकक पुगिसक्नुभएको छ । नेपालका केही मिडियाहरूमा पूर्व राजारानीको सम्बन्ध छोरा पारस शाहसँग नराम्रो अर्थात् मनमुटाव भएको भन्ने भ्रम फैलाईरहेकै समयमा पूर्व राजारानी बैंककतर्फ प्रस्थान गर्नुले आफ्ना छोराको स्वास्थ्य अवस्थाप्रति कति चिन्तित र विचलित छन् भन्ने प्रष्ट्याएको छ । 
? यसैबीच केही बेर अगाडी मात्र प्राप्त खबर अनुसार युवारज पारसको स्वास्थ्य अवस्थामा झनै सुधार भएको छ ।

SHARE THIS

Author:

Facebook Comment