स्वराज मधेशको वास्तविकता

–जनकमान डंगोल

स्व भनेको आफैं अनि राज भनेको शासन अर्थात स्वराज भनेको आफैले शासन गर्नु ।

सन १९०९ मा वेलायतबाट दक्षिण अफ्रिका फर्केपछि ९ दिनमा मोहन दास करम चन्द गान्धी अर्थात महात्मा गान्धीले “हिन्द स्वराज” भन्ने किताब लेखेका थिए । हिन्द भनेको सिंगो हिन्दुस्थान जसलाई अंग्रेजहरुले “ईण्डिया” भनेर भन्ने गर्दथे ।

गान्धीले किताब लेख्ने समयमा भारतमा अंग्रेजको शासन थियो भने भारतीयहरु अंग्रेजका गुलाम थिए । अंग्रेजहरुबाट हिन्दुस्थानको मुक्त गर्न भनेर नै “हिन्द स्वराज” को अभियान चलाएका थिए र त्यसैको कडीमा लेखिएको पुस्तकको नाम हो “हिन्द स्वराज” ।

नेपालमा पनि केहि दिन अघिबाट अमेरिकाबाट नेपाल फर्केका डाक्टर सी.के राउतले ”स्वराज मधेस” आन्दोलन चलाएका छन् ।

हिजो भारत लगायत विश्वका धेरै देशहरु बेलायतको अधिनमा थियो तर नेपाललाई आफ्नो अधिनमा राख्न सकेका थिएनन् । भारत नेपालको दक्षिणी छिमेकी देश हो ।

भारतलाई अंग्रेजको पञ्जाबाट छुटाउन धेरै भारतीयले आफ्नो तर्फबाट सकेको योगदान गरे । त्यसै मध्येमा सबै भन्दा बढी चर्चा गान्धीको गरिन्छ । गान्धी तिनै हुन जसले अंग्रेजको ईशारामा भारतलाई “बंटवारा” अर्थात हिन्दुहरुलाई भारत र मुसलमानहरुलाई पाकिस्तान भन्ने देश बनाई दिए ।

अंग्रेजको नीति नै “फुटाउ र राज गर” भन्ने थियो । सासन सत्ता भारतीयहरुलाई दिएता पनि अंग्रेजहरुले भविष्यमा समेत आफ्नै कज्याईमा भारत चलाउने हिसाबले कुटिल अस्त्र “”फुटाउ र राज गर” प्रयोग गरेका थिए जुन अहिले पनि अधावधिक कायमै छ । अंग्रेजहरुले छाडेर गएको वर्षौं बर्ष भई सक्यो तर अहिले पनि भारतियहरुले नाम मात्रका स्वतन्त्रता प्राप्त गरेका छन ।

नेपालमा जन्मी हुर्की पछी अमेरिका तथा विभिन्न देशहरुमा गएर अध्ययन गर्ने व्यक्तिको नाम हो डाक्टर सी.के राउत । सप्तरीमा जन्मी हुर्केका यी व्यक्तिले अमेरिकाबाट फर्की आए पछी माहात्मा गान्धीको नक्कल गर्दै ”स्वराज मधेस” भन्ने आन्दोलन चलाउदै हिडेका छन । उक्त आन्दोलनमा लाग्ने अर्थको लगानीको बिषयमा नेपाल सर्खारले कुनै चासो दिएको छैन । बिना लगानी कुनै पनि आन्दोलन सफल हुन्न । सी.के राउत नेपालको नाम चलेको उधोगपति देखि पुँजीपति समेत हैनन भने “स्वराज मधेस” चलाउने लगानीदाता को हुन भनेर आफै अनुमान गर्न सकिन्छ ।

माथिनै उल्लेख गरि सकेको छु नेपाल आज सम्म कुनै बिदेसी देसको पन्जामा परेको छैन । बिगतमा नेपालको सिमाना पूर्वमा टिस्टा पश्चिममा काँगडा, दक्षिणमा अलाहाबाद हुँदै ग·ा नदि सम्म फैलिएको थियो । लडाईमा जीत र हार हुन्छ । माथिका भूभागहरु नेपालले अन्ग्रेस संगको लडाईमा हारेर गुमाएका भूभागहरु हुन । सुगौली सन्धिको कारणले गर्दा ति स्थानहरु सबै अहिले भारतमा पर्दछ ।

“स्वराज मधेस” को अर्थ भनेको के हो भन्ने कुरा आन्दोलन चलाउने व्यक्तिलाई समेत थाहा छैन होला किनभने केहि दिन अगाडी यो पंक्तिकारले सी.के राउतको अन्तर्वार्ता यु.ट्युबमा हेर्ने मौका पाएको थियो ¤ रटी रटाई भाषामा एकोहोरो मधेस स्वराजको अलाप बिलाप गरेका सी.के राउतले मधेस भन्ने स्थान नेपालमा कुन स्थानमा पर्दछ भनेर बताउन सक्छन ?
मध्य भनेको बीच हुन्छ भने नेपालको मध्य क्षेत्र भन्नाले जनकपुर, नारायणी र बागमतीको १९ जिल्लाहरुलाई जनाउँछ । यी १९ जिल्लाहरु हिमाली, पहाडी र तराई गरि तिन भागमा फैलिएको छ । मध्य क्षेत्रको तराइका जिल्लाहरु भन्नाले जनकपुरको धनुषा, महोत्तरी, सर्लाही अनि नारायणीको रौतहट, बारा, पर्सा र चितवनका आधा भूभाग पर्दछ भने बागमती अंचलमा तराई पर्दैन । बाँकी रहेको अन्य जिलाहरु मध्य क्षेत्रमा नपरे पछी मधेस कसरी भयो ?
हुँदै नभएको शव्दलाई नेपालको भूमिमा प्रयोग गर्दै  “स्वराज मधेस” अभियान चलाएर नेपालको गान्धी बन्ने चेस्टा गर्दैछन् डाक्टर सी.के राउत पंक्तिकारले बुझेको कुरा यत्ति मात्र हो ।

नेपालको पूर्व, दक्षिण र पश्चिममा भारतीय सिमाना पर्दछ । ती सिमानाको समथर भूमिमा रहेको जमिनलाई आज सम्म भारतले मधेस भनेर घोषणा गरेको छैन न त तराईनै भनेको छ । छिमेकीसंगै जोडिएको एकै भूगोलको स्थानको नाम पनि स्थान अनुसार एकै हुनु पर्नेमा ठाउँ अनुसारको पश्चिम ब·ाल, बिहार, उत्तर प्रदेश देखि उत्तराखण्डी भनेर किन राखियो ? जस्तै नेपालको पुर्वाञ्चल भन्नाले सगरमाथा देखि मेची सम्मको भूभागलाई जनाउँछ भने बिहारको पुर्वाञ्चल भन्नाले पूर्वी बिहारका केहि भूभागहरुलाई भनिन्छ भने डाक्टर सी.के राउतले यस्ता प्रश्नको जवाफ दिन सक्लान ?

विदेशीको पञ्जाबाट एक न एक दिन छुटकारा पाउनु नै थियो । जसरी भारतमा गान्धी तथा नेहरुको जोडीले अंग्रेजले बनाई दिएको नीति लागु गरे । त्यो नीतिले गर्दा भारतले आजसम्म आफ्ना सबै छिमेकी देशहरुको विश्वास जित्न सकेको छैन । हिजोको आफ्नै बन्धु बान्धव बस्ने हालको पाकिस्तानसँग पटक पटकको युद्ध लडिसकेको छ । सिधा र सरल भाषामा भन्ने हो भने गान्धी तथा नेहरु अंग्रेजको ईशारामा काम गर्ने व्यक्ति थिए भने सी.के राउत पश्चिमाको ईशारामा काम गर्दैछन् भन्ने कुरा पुष्टि भयो कि भएन ?

प्रकाशन मिति: २०७२ चैत्र २५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment