सिम्रौनगढमा मंसिर १९ गते डा. सिके राउतले सम्बोधन गर्ने

वीरगंज , मंसिर १८ । राज्य विप्लबको मुद्दामा हालै ५० हजार धरौटी तिरी रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता  एवं संयोजक डा. सिके राउतले दोेस्रो  खुलासभा बाराको एतिहासिक नगरी सिम्रौनगढमा मंसिर १९ गते शुक्रबार गर्ने भएको जानकारी अभियानका सदस्य राजेश यादवले बताए ।डा. सिके राउत बचाउ संर्घष समिती बाराले आयोजना गर्ने आम सभा निर्धारित समयमा हुने र सो सभामा उपस्थित हुन सम्पुर्ण मधेसप्रेमी जनता,नागरिक समाज,बुद्धिजिवी ,सञ्चारकर्मी , बिद्यार्थीहरुलाई आग्रह समेत गरिएको छ । सभामा गठबन्धनका नेता डा. सिके राउत ,चन्दन सिंह, कैलाश महतो ,संजय यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राउतका अनुसार   मधेशलाई खसशासकहरुले पराजित गरेर नभई अंग्रेजलाई  दिएको भन्दै अब मधेशमाथि नेपाली शासकहरुलाई शासन गर्ने अधिकार नरहेको बताए ।
उनले नेपाल भन्दा हजारौ वर्ष पहिले देखीनै मधेश अस्तित्वमा आइ सकेको बताउदै मधेशमाथि जारी विभेद अन्तको एक मात्र उपाय स्वतन्त्र मधेश रहेको बताए ।मंसिर १६ गते जनकपुरमा पहिलो आम सभा सम्पन्न गरिसकेका छन् । जसमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । 

SHARE THIS

Author:

Facebook Comment