वीरगंज,मंसिर
बिगत एक हप्ता देखि वीरगंजमा ग्यास बितरणमा भइरहेको कालो बजारी प्रति संघिय सद्भावना पार्टीको गम्भीर ध्यानकर्षण भएको छ । संघिय सद्भावना पार्टी पर्साका जिल्ला अध्यक्ष पप्पु पटेलद्वारा हस्ताक्षरित बिज्ञप्ती मार्फत सो कुरा बताइएको हो । जनताको आधारभुत अधिकार अन्तर्गत पर्ने अति नै संवेदनशिल एवं अति उपभोगय बस्तु ग्यास बितरणमा भइरहेको लापरवाही तुरन्त बन्द गरि सहजरुपमा ग्यास बितरण गर्न मांग गरिएको छ । वीरगंजमा ग्यासको सहज उपलब्धता भएतापनि अनेक बाहानमा ग्यास बितरणमा गरेको लापरवाही प्रति गम्भीर खेद प्रकट गर्दै चाँडो भन्दा चाँडो सो समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायसंग जोडदार अपिल समेत गरेको छ ।