क्राइमचेक प्रतिनिधि/
वीरगंज/वीरगंज नगरमा न्यायालय छ, प्रशासन छ, प्रहरी छन्, ट्राफिक प्रहरी छन्, नगर प्रहरी छन्, नियम छन्, कानुन् छन्, शासन छन्, प्रशासन छन् तर यी सबै गरीब निमूखा र असहायहरूमाथि सास्ती गर्नकालागि मात्र छन् । यी निकायहरू सानाकालागि शत्रु र ठूलाकालागि मित्रुको रुपमा प्रस्तुत भएर अगाडी बढिरहेको देख्दा आम नगरवासीहरू चकित छन् ।
केही समय यता वीरगंज नगरका विभिन्न सडक र सडक पेटीमा सानोतिनो अस्थायी फुटपाथे पसल संचालन गरिरहेका गरिब व्यवसायीहरूको सामान, पसलेहरूले आफ्ना पसल अगाडी राख्ने गरेका स्टेण्ड बोर्ड, चिया पसलेले आफ्नो पसल अगाडीको नालामाथि र सडक पेटीमा राखेका स्टूल, बेन्चलगायतका सामग्रीहरू उठाएर नगरपालिकाले धमाधम कारवाही गर्न थालेका थिए ।
नगरपालिकाको कारवाहीबाट आजित भएर ती फुटपाथे व्यवसायीहरू बिकल्प खोज्दै भौंतारिइरहेका छन्, उनीहरूको पक्षमा बोलिदिने कोही छैनन् तर वीरगंजका ठूला व्यवसायी र होटेलहरूले सडक पेटी र व्यस्त सडकलाई नै पार्किङस्थल बनाएर कानुन मिचिरहेको देख्दा समेत कुनै निकायले कारवाही गर्ने आँट गर्न सकेको छैन ।
प्रसँग वीरगंजकै चर्चित होटेल मकालु, होटेल पूजन लगायतका होटेलहरूको हो । मेनरोडको मूख्य चोकमै सडक अतिक्रमण गरी बनाइएका यी होटेल अगाडी दिनहुँ ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू ड्युटी खटेका हुन्छन् ।
होटेल मकालु र पूजन होटेल स्थापित रहेको ठाउँमा कलेज छ, अस्पताल छन्, मन्दिर छन्, जहाँ दिनहुँ भीड लाग्ने गरेको हुन्छ । सोही स्थानको सडक पेटीमा नै होटेलमा आउने ग्राहकहरूको गाडी पार्किङ गर्न लगाउने होटेल संचालकलाई कारवाही गर्नुको साटो ती प्रहरीहरू तिनका गाडीको कुरुवा बनि बसिरहेका देखिन्छन् ।
यसरी सडक पेटीमै पार्कि· गरिंदा स्कूल/कलेजका विद्यार्थी, विरामी, बटुवा, मन्दिरका भक्तजनहरू मूख्य सडकबाट नैं हिंडडूल गर्नुपर्ने बाध्यता छ । जसले कुनै पनि बेला दूर्घट्ना निम्त्याउन सक्छ भन्नेतर्फ कसैको ध्यान जान सकेको छैन ।
ती ठाउँहरूमा खटिने ट्राफिक, सशस्त्र र नेपाल प्रहरीहरू ड्यूटी भन्दा मोबाइल खेलाएर बसेको देख्दा बाहिरका जिल्लाबाट आउने आगन्तुकहरू “वाह, क्या गज्जबको ड्यूटी” भन्दै व्यङ्ग्य गर्ने गरेका छन् ।
सडक पेटी, जेब्रा क्रस लगायत जथाभावी सार्वजनिक बाटो प्रयोग गर्ने जोकोही भएपनि नियमानुसार कारवाही गर्नुपर्ने भएपनि पर्सा प्रहरी, ट्राफिक प्रहरी वा नगरपालिकाले ती ठूला होटेलहरूमाथि कारवाही नगर्नुको रहष्य के हो ?
कतै नगरपालिकाले ती सडकपेटी ठूला होटेललाई भाडामा त दिएको छैन ? सर्वत्र चासो र कौतुहलताको विषय बनेको छ ।
(प्रकाशित मितिः२०७१ मंसिर २५ गते बिहीवार)
वीरगंज/वीरगंज नगरमा न्यायालय छ, प्रशासन छ, प्रहरी छन्, ट्राफिक प्रहरी छन्, नगर प्रहरी छन्, नियम छन्, कानुन् छन्, शासन छन्, प्रशासन छन् तर यी सबै गरीब निमूखा र असहायहरूमाथि सास्ती गर्नकालागि मात्र छन् । यी निकायहरू सानाकालागि शत्रु र ठूलाकालागि मित्रुको रुपमा प्रस्तुत भएर अगाडी बढिरहेको देख्दा आम नगरवासीहरू चकित छन् ।केही समय यता वीरगंज नगरका विभिन्न सडक र सडक पेटीमा सानोतिनो अस्थायी फुटपाथे पसल संचालन गरिरहेका गरिब व्यवसायीहरूको सामान, पसलेहरूले आफ्ना पसल अगाडी राख्ने गरेका स्टेण्ड बोर्ड, चिया पसलेले आफ्नो पसल अगाडीको नालामाथि र सडक पेटीमा राखेका स्टूल, बेन्चलगायतका सामग्रीहरू उठाएर नगरपालिकाले धमाधम कारवाही गर्न थालेका थिए ।
नगरपालिकाको कारवाहीबाट आजित भएर ती फुटपाथे व्यवसायीहरू बिकल्प खोज्दै भौंतारिइरहेका छन्, उनीहरूको पक्षमा बोलिदिने कोही छैनन् तर वीरगंजका ठूला व्यवसायी र होटेलहरूले सडक पेटी र व्यस्त सडकलाई नै पार्किङस्थल बनाएर कानुन मिचिरहेको देख्दा समेत कुनै निकायले कारवाही गर्ने आँट गर्न सकेको छैन ।
प्रसँग वीरगंजकै चर्चित होटेल मकालु, होटेल पूजन लगायतका होटेलहरूको हो । मेनरोडको मूख्य चोकमै सडक अतिक्रमण गरी बनाइएका यी होटेल अगाडी दिनहुँ ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू ड्युटी खटेका हुन्छन् ।
होटेल मकालु र पूजन होटेल स्थापित रहेको ठाउँमा कलेज छ, अस्पताल छन्, मन्दिर छन्, जहाँ दिनहुँ भीड लाग्ने गरेको हुन्छ । सोही स्थानको सडक पेटीमा नै होटेलमा आउने ग्राहकहरूको गाडी पार्किङ गर्न लगाउने होटेल संचालकलाई कारवाही गर्नुको साटो ती प्रहरीहरू तिनका गाडीको कुरुवा बनि बसिरहेका देखिन्छन् ।
यसरी सडक पेटीमै पार्कि· गरिंदा स्कूल/कलेजका विद्यार्थी, विरामी, बटुवा, मन्दिरका भक्तजनहरू मूख्य सडकबाट नैं हिंडडूल गर्नुपर्ने बाध्यता छ । जसले कुनै पनि बेला दूर्घट्ना निम्त्याउन सक्छ भन्नेतर्फ कसैको ध्यान जान सकेको छैन ।
ती ठाउँहरूमा खटिने ट्राफिक, सशस्त्र र नेपाल प्रहरीहरू ड्यूटी भन्दा मोबाइल खेलाएर बसेको देख्दा बाहिरका जिल्लाबाट आउने आगन्तुकहरू “वाह, क्या गज्जबको ड्यूटी” भन्दै व्यङ्ग्य गर्ने गरेका छन् ।सडक पेटी, जेब्रा क्रस लगायत जथाभावी सार्वजनिक बाटो प्रयोग गर्ने जोकोही भएपनि नियमानुसार कारवाही गर्नुपर्ने भएपनि पर्सा प्रहरी, ट्राफिक प्रहरी वा नगरपालिकाले ती ठूला होटेलहरूमाथि कारवाही नगर्नुको रहष्य के हो ?
कतै नगरपालिकाले ती सडकपेटी ठूला होटेललाई भाडामा त दिएको छैन ? सर्वत्र चासो र कौतुहलताको विषय बनेको छ ।
(प्रकाशित मितिः२०७१ मंसिर २५ गते बिहीवार)
